गिरिको विचारलाई अनुशरण गर्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाडाैं | भदौ ५, २०७९

गिरिको विचारलाई अनुशरण गर्नुपर्छ: अर्थमन्त्री शर्मा

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य स्वर्गीय प्रदीप गिरिको विचारलाई सबैले अनुशरण गर्नुपर्ने बताउनुभएको छ ।

 

स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन केहीबेर अघि ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल पुग्नुभएका उहाँले नेपाली राजनीतिमा गिरि अध्ययनशील र तर्कशील नेताको रुपमा स्थापित हुनुभएको र उहाँको विचारलाई सबैले अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वर्गीय गिरि नेपाली कांग्रेसका साथै  कम्युनिष्ट पार्टीका समेत आदर्श व्यक्ति भएको बताउनुभयो । 

 

“प्रजातान्त्रिक शक्ति र बामपन्थीलाई मिलाएर लैजानुपर्छ भन्ने उहाँको भावना आत्मासात् गरिएका  कारण अहिले मुलुकमा लोकतन्त्र सुदृढ भएको हो”, उहाँले भन्नुभयो ।

 

कांग्रेस नेता डा शेखर कोइरालाले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादको बारेमा विश्लेषण गर्नसक्ने तर्कशील नेता गिरि भएको बताउनुभयो । 

 

“पार्टीभित्र र अन्य कार्यक्रममा समेत स्पष्ट कुरा राख्नसक्ने गिरिको क्षमता थियो”, उहाँले भन्नुभयो । नेता गिरिको शव नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।  गिरिप्रति श्रद्धाञ्जली दिन पूर्वराष्ट्रपति डा रामवरण यादव, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा,  गृहमन्त्री बालकृष्ण खाण अहिले अस्पताल परिसरमा पुग्नुभएको छ ।

 

यस्तै स्वर्गीय गिरिलाई श्रद्धाञ्जली दिन कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता, अन्य पार्टीका शुभचिन्तक, बुद्धिजीवी, पत्रकारलगायतको अस्पताल परिसरमा घुइँचो लागेको छ ।भारतको मुम्बईको अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएका नेता गिरिको अस्पतालमै शनिबार राती ९।३० बजे निधन भएको हो ।

 

गिरिको पार्थिव शरिरलाई विहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलीका लागि राखिएकामा  त्यसपछि  दिउँसो २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने जनाइएकोे छ ।

 

पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने पार्टीले जनाएको छ । नेता गिरि प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो । 

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्